१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा २१ गते शुक्रबार विश्वासको मत लिने सहमति भएको हो । बैठकले नागरिक उन्मुक्ति पार्टीलाई थप एक मन्त्रालय दिने सहमति पनि गरेको छ । अब नाउपाबाट मन्त्री बन्न ठिक्क परेकी टीका थापाले कृषि तथा सहकारी मन्त्रालय पाउनेछिन् । यसअघि विना विभागीय मन्त्री बनाउन खोजेपछि उनले अस्वीकार गरेकी थिइन ।

बैठकमा मुख्यमन्त्री सोडारी, एमालेको तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, माओवादी संसदीय दलका नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र टीका थापा र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी सहभागी थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ५० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको