१३ श्रावण २०८३, बुधबार | July 29, 2026

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।
महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए ।
उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए।
“कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ”, उनले भने, “यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।”
अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या  तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ३८ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०