७ चैत्र २०८२, शनिबार | March 21, 2026

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण



लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ । लुम्बिनी विकास कोषको कार्यालयमा समितिका सभापती र सदस्यहरुले लुम्बिनी गुरुयोजना अन्तर्गत योजनाहरुको कार्यान्वयन, तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएर छलफल गरेका हुन ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलबस्तु विश्वसम्पदा सूचीका सूचिकरणका अन्तिम मनोनयन दस्तावेज पेश गरिएको लगायका बिषयमा समितिलाई जानकारी गराएका थिए ।

उक्त अवसरमा विधायन समितिका सभापती माया प्रसाद शर्माले बुद्धजन्मस्थल लुम्बिनीका सन्दर्भममा स्थलगत अध्ययन गर्ने उदेश्यले आफुहरु आएको बताए । महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नुपर्ने सभापती शर्माले बताए । छलफलमा विधायन समितिका सदस्यहरु एवं राष्ट्रियसभा सदस्यहरु गोपाल भट्टराई, गोमा देवी तिमल्सिना, युवराज शर्मा, रेनु चन्द, सुमिज्ञा बि।सि।समिति सचिव कमला शाक्यको उपस्थिती थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारले लुम्बिनी गुरुयोजना कार्यान्वयन र प्रगतीका बिषयमा जानकारी दिइएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

समितिको टोलीले शुक्रबारै बुद्धजन्मस्थल लुम्बिनी सहित कपिलबस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदान लगायतका क्षेत्रहरुको भ्रमण गरेका छन । सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए, गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय, सल्लाह दिन समेतका लागि संविधानको धारा ९७ तथा राष्ट्रिय सभा ९दोस्रो संशोधन० नियमावली, २०७५ को नियम १४७ बमोजिम सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको गठन भएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : ३६ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको