१६ चैत्र २०८२, सोमबार | March 31, 2026

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो



काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो ।

यससँगै ५ खेलको सिरिज नेपालले ३-२ ले गुमाएको छ । बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ को उपाधि जित्ने पक्का भएको थियो ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १७६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे । आसिफले भने ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे । दीपन्द्रे सिंह ऐरी ५ रनमा आउट भए । कुशल भूर्तेल भने १३ रनमा आउट भए । कुशल मल्ल ३७ रनमा अविजित रहे ।

वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोइले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि एलिक एथेनाजे ४२ रनमा अविजित रहँदा कप्तान रोस्टन चेसले ३३ रन जोडे ।

नेपालका लागि सागर ढकाल तथा सोमपाल कामीले ३-३ तथा अविनाश बोहराले १ विकेट लिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ३४ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित