१० श्रावण २०८३, आइतबार | July 26, 2026

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला



कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन्। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे।

२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए।

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगिमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए।

‘हामीले गृहमन्त्रीको राजिनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔं सहकारी ठगिमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ कोइराला प्रश्न गरे।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए। पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने, ‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो होइन।’

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : ०२ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक