१६ चैत्र २०८२, सोमबार | March 31, 2026

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने



हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताएका छन् । उनले यही वैशाख २४ गतेबाट नेवारी र तामाङ भाषालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताए ।

मन्त्री बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित ¥यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गरे । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)÷तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनीमन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।

उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।

बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ५० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित