१२ फाल्गुन २०८२, मंगलबार | February 25, 2026

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने



सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ । त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : १३ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का