२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् ।

सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ४९ बजे

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका

अन्तुपोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित