१७ असार २०८३, बुधबार | July 1, 2026

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक



म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा आजदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्विर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् ।

दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको जेठ कृष्ण द्धादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सवैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए ।

“दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङ्मा आएका छन्,” उनले भने “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।” लोमान्थाङ दरबार र गाउँका पूजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि ३ दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताए । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकाल जस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्दछौँ,” उनले भने “पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाहरुले नृत्यमार्फत देखाउने गर्छन् ।”

तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । अमेरिकाका दुई जना पर्यटक ल्याएर पथप्रर्दशक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएका बताए । लोमान्थाङ गाउँपालिकाका –५ का वडाध्यक्ष ढुढुके विष्टले तिजी पर्व अवलोकनका लागि तीन सय भन्दाबढी विदेशी पर्यटक आएका बताए । स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका छन् ।

माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बिचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले पन्ध्रौँ शताब्दीमा तिजी पर्व मनाउन सुरुवात गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १० : ०२ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी