२४ माघ २०८२, शनिबार | February 7, 2026

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर



काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ ।

आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : १३ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस