२ पुस २०८२, बुधबार | December 17, 2025

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन



काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।

सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न नदिने अडान राखेपछि बैठक समयमा शुरु हुन सकेको छैन । अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।

अहिले दलहरुले आफ्नो दलमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

यस अघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५० बजे

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व