२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार



काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले  राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्ध गर्न भनेको हो ।

यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र भागेर अन्य मुलुकमा जाने संभावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्ध गर्न आग्रह गरेको हो । राईको पासपोर्ट रद्ध गरी सो को जानकारी मेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल  र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।

‘मुख्य प्रतिवादी गितेन्द्र वावु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद,प्रमाणहरू लोप तथा नास गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सपुर्दगी सन्धीमार्फत सहजै नेपाल झिकाउनको लागि निजले प्रयोग गरी रहेको नेपाली राहदानी नं.११६९८७२७ राहदानी ऐन,२०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्र साथ संलग्न राखी पठाइएको छ,’ पत्रमा भनिएको छ, ‘प्राप्त भए पश्चात नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियन राजदूतावास,तालुक प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल,काठमाडौं र यस कार्यालयमा पठाइ दिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ३४ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको