२२ माघ २०८२, बिहिबार | February 5, 2026

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार



काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले  राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्ध गर्न भनेको हो ।

यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र भागेर अन्य मुलुकमा जाने संभावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्ध गर्न आग्रह गरेको हो । राईको पासपोर्ट रद्ध गरी सो को जानकारी मेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल  र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।

‘मुख्य प्रतिवादी गितेन्द्र वावु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद,प्रमाणहरू लोप तथा नास गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सपुर्दगी सन्धीमार्फत सहजै नेपाल झिकाउनको लागि निजले प्रयोग गरी रहेको नेपाली राहदानी नं.११६९८७२७ राहदानी ऐन,२०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्र साथ संलग्न राखी पठाइएको छ,’ पत्रमा भनिएको छ, ‘प्राप्त भए पश्चात नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियन राजदूतावास,तालुक प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल,काठमाडौं र यस कार्यालयमा पठाइ दिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ३४ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका