९ श्रावण २०८३, शनिबार | July 26, 2026

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन



काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।

लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले कृतिको विमोचन गर्नुहुँदै मुलुकमा शान्ति प्रक्रिया स्थापना, अहिलेको लोकतान्त्रिक संविधान रक्षाका लागि पूर्वप्रधानमन्त्री नेपालले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने बताए ।

मुलुकको राजनीतिक घटनाक्रमका विभिन्न ऐतिहासिक विषयलाई समेटिएको उक्त पुस्तकले विभिन्न पुस्ताका नागरिकलाई राजनीतिक विकासक्रमको ज्ञान उपलब्ध गराउने उल्लेख गरे । उनले मधेसमा जन्मेर सिङ्गो देशलाई बुुझ्न सक्ने सरल, सादगी र इमान्दार नेता नेपाल सच्चा कम्युनिष्ट र समकालीन राजनीतिमा एउटा राजनेताका रुपमा स्थापित भएको बताए । अहिलेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएकाले यसको विकल्पमा जान नहुनेमा उनले जोड दिए ।

पूर्वराष्ट्रपति डा यादवले नीति तथा कार्ययोजना निर्माण कुशल र दुरदर्शी नेता नेपालसँग विसं २०४६ को जनआन्दोलनपछि आफूले चिनेको र धेरै विषयमा सहकार्य र समन्वय गरेको स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले इतिहासका प्रत्येक घटनालाई सङ्ग्रह गरी प्रकाशित कृति महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउँदै त्यसलाई अध्ययन गरेर पाठकबाट आउने सुुझावलाई प्रेरणाका रुपमा लिने प्रतिक्रिया दिए । उनले इतिहासका तथ्यलाई अध्ययन गरी अर्को पुुस्तक पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : २४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको