२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्बजनिक



काठमाडौं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : १३ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा