२३ माघ २०८२, शुक्रबार | February 6, 2026

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताए। उनले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताएका छन्।

‘बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन। यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो। जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो। यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो। मर्यादा हुन्छ। कांग्रेसमात्र छैन यहाँ। हामी पनि छौँ ।’ उनले भने।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गरेका थिए।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ९ : ११ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना