काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । उनले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनका लागि संसदको कार्यसूचीमा समावेश गर्न पत्र पठाएपछि तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टी विभाजन भएपछि गत वैशाख ३१ गते उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिता लिँदै बाहिरिएको थियो ।



















प्रतिक्रिया