६ पुस २०८२, आइतबार | December 21, 2025

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् । बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् ।

त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन् ।

संसद्मा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच तनाव बढेपछि देउवाले विपक्षी दलहरुको एक मत बनाउन यो बैठक बोलाएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर सदन अवरोध गरेको छ । तर, सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १२ : १७ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र