२५ भदौ २०८३, बिहिबार | September 10, 2026

विपक्षी दलहरूको बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेपछि अहिले विपक्षी दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् ।

शनिबार देउवा निवास बूढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका थिए ।

प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकभन्दा पनि समग्र समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग रहेको बताएका थिए ।

तर, देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति बनाउन आवश्यक नभएको बताएपछि उनीहरू देउवानिवासवाट फर्किएका थिए । देउवा निवासको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि थिए ।

देउवाले समिति बनाउन अस्वीकार गरेपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् । बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा छानिबनका लागि समिति वा आयोग बनाउनुपर्ने माग विपक्षीको छ । गृहमन्त्रीको राजीनामाको मागबाट विपक्षी दलहरू पछि हटिसकेका छन् । सहमति हुन नसक्दा जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : १७ बजे

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको