२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने



काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन नदिने बताएका छन् । संसदमा गृहमन्त्री रबि लामिछाने बोले लगत्तै पत्रकार सम्मेलन गरेका महामन्त्री थापाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बस्ने संसद बैठक चल्न नदिने बताएका हुन् ।

आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्ने बताए ।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेले संसद‍्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको टिप्पणी गरे । उनले संसद बैठकमा गृहमन्त्रीले फाइल खोलिदिऊँ ? भनेर भनेको सुन्दा आफू चकित भएको बताए । धमाधम फाइल खोल्नुपर्ने गृहमन्त्रीले बार्गेनिङ शैलीमा ुफाइल खोलिदिऊँ ?ु भनेको महामन्त्री थापाले बताए ।

‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ?, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु,’ उनले भने, ‘अरे बाबा, गृहमन्त्रीले यस्तो भन्न मिल्छ र ? गृह मन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो ।’

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : ४२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले