२३ असार २०८३, मंगलबार | July 7, 2026

देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त होऔँ : महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले देशमा केही राम्रो भए पनि सोचे जस्तो काम हुन नसकेको बताउँदै बर्बाद र खतरामा रहेको भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्नुपर्ने बताए । उनले भने,“सबै खत्तम भयो, देशमा केही काम भएन । बर्बाद हुँदैछ भन्ने भ्रम छ । कसैले सबै ठीक भइरहेको र सबै बेठिक भइरहेको छ भन्यो भने दुवै गलत हुन्छ । केही राम्रो भएको छ, थप राम्रो गर्न सकिएको छैन । त्यसैले गुनासो गरेर मात्रै हुँदैन, अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्छ । अरुलाई गाली मात्रै होइन, हामी जिम्मा लिन्छौँ भन्न सक्नुपर्छ ।”

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले विद्यार्थी भविष्यको कर्णधार भएकाले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्र अध्ययनरत ७१ विद्यालयबाट एसइईमा सफल भएका विद्यार्थीलाई सम्मान गरिएको थियो । यहाँका विभिन्न विद्यालयबाट १७ जनाले ४ जिपिए ल्याएका छन् । यी १७ जना विद्यार्थीलाई कार्यक्रममा र अन्य विद्यार्थीलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालिका-५ का अध्यक्ष शम्भु फुयाल, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ३ का अध्यक्ष परशुराम अर्याललगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २८ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज