१४ भदौ २०८३, आइतबार | August 31, 2026

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् ।

कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापन स् चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उनको जोड थियो । संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताए । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागू गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उनको धारणा छ ।

अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले उल्लेख गरे । यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने बताए । मधेस प्रदेशमा पानी नपरेका कारण धान रोप्न नपाएको उल्लेख गर्दै महामन्त्री थापाले कलको पानी पनि सुक्दा तराईवासी समस्यामा परेको बताए । तीनै तहका सरकारले खुला ठाउँ छोड्न नचाहँदा विपद्का बेला समस्या हुने गरेकाले बेलैमा ध्यान दिन उनले सचेत गराए ।

कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख डा डिला सङ्ग्रौला र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापाले विपद्सम्बन्धी अन्तरदेशीय सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने बताए । विपद्का बेला ६० प्रतिशत क्षति जल उत्पन्न प्रकोपका कारण हुने भएकाले बर्सातमा सचेत हुन पनि उनीहरुले आग्रह गरे ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : १४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति