१८ असार २०८३, बिहिबार | July 2, 2026

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो ।

महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै रु ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म रु ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए । ‘‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’’ उनले भने ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर रु ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए । ‘‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’’ उनले भने, ‘‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ ।

महानगरले बहाल करतर्फ रु तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत रु दुई करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर रु दुई करोड ९२ लाख ४ हजार उठाएको छ । गत आवमा रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : २१ बजे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने