२९ मंसिर २०८२, सोमबार | December 15, 2025

टोकियोमा फ्लाइङ कारको डेब्यु



काठमाडौं । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । सहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो ।

कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो ।

हेक्साको शीर्षमा १८ प्रोपेलरहरू स्थापित छन् । यो ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ । यो सिंगल सिट कार हो, जुन जमिन र पानी दुवैमा अवतरण गर्न सक्छ । भारतमा पनि महिन्द्रा र मारुती सुजुकीसहित तीन कम्पनीले विद्युतीय उडान गर्ने कारमा काम गरिरहेका छन् ।

त्यस्तै चिनियाँ कम्पनि एक्सपेंग ऐरो एचटीले आफ्नो उडान कार सिइएस-२०२४ मा प्रस्तुत गरेको थियो । यो २०२५ मा ठूलो मात्रामा उत्पादन हुनेछ । पूर्ण रूपमा विद्युतीय पाइलट गरिएको विमान ठाडो टेकअफ/अल्यान्डिङ र कम उचाइमा उडान गर्न सक्षम छ । यसमा म्यानुअल र स्वचालित उडान मोडहरू रहेका छन् ।

त्यस्तै हुन्डाईको उन्नत एयर मोबिलिटी कम्पनी सुपरनलले आफ्नो इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सिइएस-२०२४ मा अनावरण गरेको छ । एस-४२ एक विद्युतीय ठाडो टेकअफ र ल्यान्डिङ सवारी साधन हो । यो १ हजार ५ सय फिटको उचाइमा १२० माइल प्रतिघण्टाको गतिमा उड्न सक्नेछ ।

यो ५०-६० किमीको यात्राको लागी डिजाइन गरिएको छ । यसमा ८ टिल्टिङ रोटरहरू र एक वितरित इलेक्ट्रिक प्रोपल्सन प्रणाली छ । सुपरनाभलले २०२८ मा आधिकारिक रूपमा गाडी लन्च गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : ३५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार