९ भदौ २०८३, मंगलबार | August 25, 2026

टोकियोमा फ्लाइङ कारको डेब्यु



काठमाडौं । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । सहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो ।

कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो ।

हेक्साको शीर्षमा १८ प्रोपेलरहरू स्थापित छन् । यो ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ । यो सिंगल सिट कार हो, जुन जमिन र पानी दुवैमा अवतरण गर्न सक्छ । भारतमा पनि महिन्द्रा र मारुती सुजुकीसहित तीन कम्पनीले विद्युतीय उडान गर्ने कारमा काम गरिरहेका छन् ।

त्यस्तै चिनियाँ कम्पनि एक्सपेंग ऐरो एचटीले आफ्नो उडान कार सिइएस-२०२४ मा प्रस्तुत गरेको थियो । यो २०२५ मा ठूलो मात्रामा उत्पादन हुनेछ । पूर्ण रूपमा विद्युतीय पाइलट गरिएको विमान ठाडो टेकअफ/अल्यान्डिङ र कम उचाइमा उडान गर्न सक्षम छ । यसमा म्यानुअल र स्वचालित उडान मोडहरू रहेका छन् ।

त्यस्तै हुन्डाईको उन्नत एयर मोबिलिटी कम्पनी सुपरनलले आफ्नो इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सिइएस-२०२४ मा अनावरण गरेको छ । एस-४२ एक विद्युतीय ठाडो टेकअफ र ल्यान्डिङ सवारी साधन हो । यो १ हजार ५ सय फिटको उचाइमा १२० माइल प्रतिघण्टाको गतिमा उड्न सक्नेछ ।

यो ५०-६० किमीको यात्राको लागी डिजाइन गरिएको छ । यसमा ८ टिल्टिङ रोटरहरू र एक वितरित इलेक्ट्रिक प्रोपल्सन प्रणाली छ । सुपरनाभलले २०२८ मा आधिकारिक रूपमा गाडी लन्च गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : ३५ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै