७ आश्विन २०८३, बुधबार | September 23, 2026

आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारले संसदबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ ।

बजेट भाषणका लागि मंगलबार दिउँसो १ बजे संसदको दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकमा उपस्थितिका लागि दुवै सदनका सांसदहरुलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले समेत आजै बजेट ल्याउनुअघि सहमति भैसक्ने बताएका छन् । सहमति नभए संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने सम्मको विकल्पमा सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । कांग्रेसको निरन्तर अवरोधका कारण अध्यादेशबाट बजेट ल्याउने चर्चाका बीच बजेट सार्वजनिक गर्न संयुक्त सदनको बैठक तय भएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज