३ असार २०८१, सोमबार | June 17, 2024

आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारले संसदबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ ।

बजेट भाषणका लागि मंगलबार दिउँसो १ बजे संसदको दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकमा उपस्थितिका लागि दुवै सदनका सांसदहरुलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले समेत आजै बजेट ल्याउनुअघि सहमति भैसक्ने बताएका छन् । सहमति नभए संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने सम्मको विकल्पमा सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । कांग्रेसको निरन्तर अवरोधका कारण अध्यादेशबाट बजेट ल्याउने चर्चाका बीच बजेट सार्वजनिक गर्न संयुक्त सदनको बैठक तय भएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : ५८ बजे

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक (भिडियो सहित)

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको