९ श्रावण २०८३, शनिबार | July 26, 2026

सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : नेता डा कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उनले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै कांग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताए । “संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ”, डा कोइरालाले भने,“कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन । कांग्रेस आफ्नो अडानमा अडिग छ ।”

नेता डा कोइरालाले सहकारीको रकम अपचलनका विषयमा कांग्रेसले उठाएको संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसद्को गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गरे । “कांग्रेसलाई सरकारमा जाने हतारो छैन । हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौँ । त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौँ”, उनले भने ।

नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएकाले राज्यले आयुर्वेदिक विज्ञान क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा डा कोइरालाको जोड थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : ४६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको