काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।
रिटमाथि छलफल गर्न बुधबार सुनुवाइ हुनेभएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिउका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्र खारेजीको माग गर्दै रिट दर्ता भएको हो । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
यसअघि भट्राईले दायर गर्न खोजेको रिटलाई सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरेका थिए । त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले आज अर्को रिट दायर गरेका हुन् ।



















प्रतिक्रिया