१० भदौ २०८३, बुधबार | August 27, 2026

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

उक्त रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। बहसपछि सो मुद्दा पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्च प्रशासनले जनाएको छ। अदालतले उक्त विषयको थप न्यायिक परीक्षण आवश्यक ठहर गर्दै पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो।

यसअघि लामिछानेमाथि सहकारी ठगी प्रकरणसँगै दायर गरिएको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : ५६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट