२ पुस २०८२, बुधबार | December 18, 2025

प्रभावकारी न्यायका लागि सूचना प्रविधिको प्रयोग गरिने



काठमाडौं । सरकारले न्याय प्रणालीलाई छिटो छरितो, प्रभावकारी, अनुमान योग्य र पहुँचयुक्त बनाउन सूचना प्रविधिको उपयोग गर्नेभएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्र्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कानुनी शासनको प्रत्याभूति गरी मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइनुका साथै छिटो न्यायका लागि सूचना प्रविधिको विकास गरिने उल्लेख छ ।

बजेटमा भनिएको छ, “न्यायिक जनशक्तिको क्षमता विकास गरिनेछ, निःशुल्क कानुनी सहायता कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरिनेछ ।”

बजेटमा अपराध अनुसन्धान, अभियोजन र प्रतिरक्षा प्रणालीलाई वैज्ञानिक र वस्तुगत बनाउन संस्थागत सुदृढीकरण गरिने र पारस्परिक कानुनी सहायता र सुपुर्दगी सम्बन्धमा विभिन्न राष्ट्रसँग द्विपक्षीय सन्धि गर्ने कार्य अगाडि बढाइने उल्लेख गरेको छ ।

देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : ४७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल