१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

छेन्दुस्थित महावाणिज्यदूतावासमा गणतन्त्र दिवस विशेष कार्यक्रम



काठमाडौं । सत्रौँ राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गान र ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको थियो ।

त्यस अवसरमा महावाणिज्यदूत सुरेश राउतले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र उत्सर्गको स्मरण गर्दै गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिएको उक्त वाणिज्यदूतावासले आज जनाएको छ । उनले गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै त्यसलाई थप संस्थागत र समयानुकूल तुल्याउन स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा महावाणिज्यदूतावासका कर्मचारी, महावाणिज्यदूतावासको क्षेत्राधिकार सिचुवान, छोङछिङ कुइचोमा बसोबास गर्ने नेपाली समुदाय र केही चिनियाँ नागरिकको पनि उपस्थिति थियो । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा तीन दिनसम्म साँझ दीपावली गरेर आजसम्म मनाइँदै छ । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ३ : ०० बजे

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका