६ पुस २०८२, आइतबार | December 21, 2025

विपक्षी दलको बैठकमा माधव नेपाल सहभागी



काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।

बैठकमा विशेष गरि मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।

यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।

साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।

बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।

मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : २८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको