६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रियसभाको जेठ महिनाको सम्भावित कार्यतालिका तय



काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका तय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले जेठ महिनाको सम्भावित कार्यतालिका, कुन–कुन बार शून्य समय हुने जस्ता विषयमा कार्यतालिका तय गरेको हो ।

कार्यतालिकाअनुसार यही जेठमा सम्भावित ६ दिन बैठक बस्ने तय गरेको छ । जेठ १५ गते दुवै सभाको संयुक्त बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने, राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने रहेको छ । जुन कार्यसम्पन्न भइसकेको छ ।

यही जेठ २० गते राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल प्रारम्भ गर्ने, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत गर्ते, मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने र सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने रहेको छ ।

२१ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी गर्ने र राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको अर्थमन्त्रीबाट जवाफ प्रस्तुत गर्ने कार्यतालिका तय गरेको छ । सम्भावित कार्यतालिका अनुसार जेठ २८ गते सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने र मिडिया काउन्सिल विधेयक, २०८० लाई दफाबार छलफलका लागि समितिमा पठाइने कार्यसूची छ ।

त्यस्तै, जेठ २९ गते संवैधानिक निकायका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यसमा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आव २०७९र८० र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आव २०७९र८० को वार्षिक प्रतिवेदन रहेको छ । सोही दिन सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकले मङ्गलबार, बुधबार र बिहीबार बस्ने बैठकमा शून्य समय हुने, नीति तथा कार्यक्रम, बजेट, मन्त्रीको वक्तव्य, संसदीय प्रस्ताव जस्ता विषयमाथि छलफल हुने दिन सामान्यताः विशेष समय नरहने तय गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार प्रादेशिक सरोकार समय हुन सक्ने, नयाँ विधेयक दर्ता हुन आएमा र समितिबाट विधेयकसम्बन्धी प्रतिवेदन प्राप्त भएमा वा सदस्यबाट कुनै प्रस्ताव दर्ता भएमा कार्य तालिकामा थप समावेश हुन सक्ने निर्णय गरेको छ ।

सार्वजनिक महत्वको विषयका लागि मन्त्रीबाट समय माग भएमा सामान्यताः बैठककको प्रारम्भको समय उपलब्ध गराइने, आकस्मिक रूपमा कुनै अत्यावश्यक विषयमाथि छलफल÷विचार गर्नुपर्ने भएमा आवश्यकताको आधारमा कार्यतालिका परिमार्जन हुन सक्ने उल्लेख छ । प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने तय गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : ३० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको