५ पुस २०८२, शनिबार | December 20, 2025

आइसीसी टी-२० विश्वकप क्रिकेट : क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती



काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे । यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए । उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भए ।

क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए । उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए ।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरे ।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए । अमेरिकाले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ । दोस्रो बलमै उसले पहिलो विकेट गुमाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : ४३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र