३ असार २०८३, बुधबार | June 17, 2026

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था



काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।

अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ । विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ ।

अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए ।

“पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ । सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान र गरिमा राख्दछ”, अर्यालले भने, “सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरुपता आउनुका साथै अनुशासित पनि बनाउँछ । यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ ।”

निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

अध्यागमन सुधारका लागि गृहमन्त्रालयले विभिन्न सुधारका योजना अघि सारिरहेको सचिव अर्यालले बताए । उनका अनुसार बिचौलियासँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई सास्ती दिएको भेटिए तत्काल हटाइ कारबाही सुरु गरिएको छ ।

केही समयअघि मात्रै गृहसचिव अर्याल आकस्मिक रुपमा विमानस्थल कार्यालय पुगेर सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन दिर्नेशन दिएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १ : १३ बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान