७ पुस २०८२, सोमबार | December 22, 2025

सुरु भयो एमाले रुपन्देहीको १० औं अधिवेशन



भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुपन्देहीको १० औं अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।

अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने प्रचार गरिएपनि अध्यक्ष ओली उपस्थित नभएपछि सहभागी कार्यकर्ताहरुले असन्तुष्टी प्रकट गरेका छन् । अध्यक्ष ओली अस्वस्थताका कारण आउन नसकेको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले जानकारी दिए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए ।

अधिवेशनका लागि अध्यक्ष के.सीकै संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन गरिएको थियो ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ जना संगठित पार्टी सदस्य रहेको एमालले दाबी गर्दै आएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी आकाँक्षी देखिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : १२ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने