३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लेखियो नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास, उपाध्यक्ष पौडेलबाट बिमोचन



भैरहवा । नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास नामक पुस्तक आजबाट बजारमा आएको छ । एमाले रुपन्देहीले प्रकाशन गरेको सो पुस्तकको पूर्वअर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले विमोचन गरेका छन ।

भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनको उदघाटन सत्रमा उक्त पुस्तक विमोचन गरिएको हो । रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको रुपन्देहीको संक्षिप्त इतिहास नामक पुस्तक एमालेको रुपन्देही जिल्ला कमिटीले प्रकाशन गरेको हो ।

रुपन्देही जिल्ला कमिटीले ५० औं वर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका छन् । पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिष्ट आन्दोलनको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अवधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।

नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको व्यक्तिगत र पार्टीगत जिवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : ३२ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर