१० माघ २०८२, शनिबार | January 24, 2026

लेखियो नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास, उपाध्यक्ष पौडेलबाट बिमोचन



भैरहवा । नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास नामक पुस्तक आजबाट बजारमा आएको छ । एमाले रुपन्देहीले प्रकाशन गरेको सो पुस्तकको पूर्वअर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले विमोचन गरेका छन ।

भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनको उदघाटन सत्रमा उक्त पुस्तक विमोचन गरिएको हो । रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको रुपन्देहीको संक्षिप्त इतिहास नामक पुस्तक एमालेको रुपन्देही जिल्ला कमिटीले प्रकाशन गरेको हो ।

रुपन्देही जिल्ला कमिटीले ५० औं वर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका छन् । पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिष्ट आन्दोलनको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अवधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।

नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको व्यक्तिगत र पार्टीगत जिवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : ३२ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई