३ चैत्र २०८२, मंगलबार | March 17, 2026

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जरुरी छ : एमाले उपाध्यक्ष पौडेल



भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन ।

नेकपा एमाले रुपन्देहीको दशौ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।

उनले भने – ´संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यहीँ हो । जिम्मेवारी पनि यहीँ हो ।´
एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको नेता पौडेलले बताए ।

संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ ।

मुलुकका सफल अर्थमन्त्रीका रुपमा लिइने नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।

विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे ।

संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्नेगरि अगाडि बढनु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ४ : ४४ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर