१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे



नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।
उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए । बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।
साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मङ्गल थारूले केही शङ्कास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए। उनले भने, “बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन् ।” जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ ।
प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए। चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी बृद्धि हुने गर्दछ  । नेपालगञ्जमा  दिनअघि यहाँको तापक्रम ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ४ : २७ बजे

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने