७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले रुपन्देही अधिवेशन : सर्व-सहमतिका नाममा उम्मेदवारलाई घेराबन्दी गरिएको गुनासो



बुटवल । नेकपा एमालेको जारी रुपन्देही जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका खेमप्रसाद लुइटेलले आफुमाथि उम्मेदवारी फिर्ता गराउन घेराबन्दी भएको बताएका छन् । अर्का अध्यक्षका उम्मेदवार यज्ञ गैरेलाई सर्व सम्मत नछाडेको भन्दै आफुमाथि घेराबन्दी भएको उनले बताए ।

भैरहवामा जारी जिल्ला अधिवेशनको उदघाटन सत्र र बन्द सत्र सम्पन्न भएको छ भने ३ वर्षे नयाँ कार्यकालका लागि नेताहरुले सर्वसम्मत बनाउने प्रयास गरेपनि कार्यकर्ताहरु भने निर्वाचनको माध्यमबाट नेतृत्व चुनिनुपर्ने पक्षमा उभिएका छन् । नेताहरुको २ दिनको प्रयासमा जिल्ला अध्यक्ष र महिला सचिव बाहेकको पदमा सर्वसम्मतका लागि सहमत बनाएपनि अध्यक्षमा यज्ञ गैरे र खेम लुइटेल तथा महिला उप सचिवमा देबी वाग्ले, उमा अधिकारी, मधुकला कुँवर र सुमित्रा ठटेरले उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रचारमा रहेका लुईटेलले खबरकुरासँग कुरा गर्दै लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक बिधि प्रयोग हुन नदिनेगरि आफुलाई दबाब आएको गुनासो गरे । उनी अन्तिम अवस्थासम्म लोकतान्त्रिक बिधि संस्थागत गर्न पार्टीमा लड्ने समेत बताए । उनले घेराबन्दी कुन समुहबाट आएको भने बताएनन् । सर्वसम्मतको हल्ला मच्चाएर आफुलाई हतोत्साहित बनाउन खोजिएको भन्दै उनले सर्व सम्मतको हल्ला मच्चाउनेहरुलाई चिन्न जरुरी रहेको बताए ।

निर्वाचन समितिका संयोजक धर्म खड्काले सर्वसम्मतका लागि अधिकतमा प्रयास भएको स्वीकार गरे । उनले अहिले पनि प्रयास जारी रहेको बताउँदै पदाधिकारीको हकमा अध्यक्ष र महिला उपसचिव बाहेक अन्य पदमा सहमती कायम भएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की र पुरुष उपसचिवमा बाबुराम पन्थीका नाममा सर्बसम्मत भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ११ : ४२ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि