१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

मधेशका मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुखयमन्त्रीमा नियुक्त भएका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास नियुक्त भएका छन् भने एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवालले खेलकुद तथा समाजकल्याण मन्त्रीको जिम्मेवारी पाएका छन् । एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

त्यसैगरी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने र उर्जा सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुंगेली नियुक्त भएकी छन्।

नेपाल संघीय समाजवादी पार्टीबाट एकमात्र सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री बनेकी छिन् । यस्तै नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : ३६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज