१९ माघ २०८२, सोमबार | February 3, 2026

गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग



काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मतका लागि पत्र दर्ता गराएका छन् ।

यसैबीच मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । गण्डकीमा विशेष परिस्थिति रहेको भन्दै देउवाले राप्रपासँग सहयोग मागेका छन् ।

पत्रमा देउवाले लेखेका छन्- ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।ु

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री बनाईदिएको थियो ।

६० सदस्यीय प्रदेश सभामा ३१ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका प्रदेश सभामा २७ सांसद छन् भने राप्रपा २ सांसद छन् । त्यस्तै गण्डकीमा एमालेका २२, माओवादीका ८ र स्वतन्त्र एक सांसद छन् । स्वतन्त्रले मुख्यमन्त्री पाण्डेलाई मत दिएपनि बहुमत नपुग्ने देखिएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : ५२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली