८ पुस २०८२, मंगलबार | December 23, 2025

भारतमा उष्ण लहर अझै बढ्ने खतरा



नयाँदिल्ली । भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

भारतीय मौसमविद्ले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् । उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग (आइएमडी) का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उल्लेख गरेका छन ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्दपी महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिए । यदि सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उनले बताए ।

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिले भने भारत विद्युत उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

“मानव गतिविधि, बढ्दो जनसङ्ख्या, औद्योगीकरण र यातायात संयन्त्रले कार्बन मोनोअक्साइड, मिथेन र क्लोरोकार्बनको एकाग्रता बढाइरहेको महापात्रले उल्लेख गरे ।

हामीले आफूलाई मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि खतरामा पार्दैछौँ । वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ । पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९.२ डिग्री सेल्सियसको उच्च रेकर्डमा पुगेको छ ।

तापक्रम वृद्धिसँगै देशबासीले गर्मीबाट राहत खोज्दा बिद्युत ग्रिडमा आठ हजार ३०२ मेगावाटको उच्च रेकर्डको माग पुगेको छ ।

मे २९ मा, दिल्लीको उपनगर मुङ्गेशपुरको एक स्वचालित मौसम स्टेसनले ५२.९ डिग्री सेल्सियसको उच्च तापक्रम रेकर्ड गरेको खबर पत्रपत्रिकामा आएको थियो तर सरकारी अधिकारीले उक्त तापक्रम सेन्सरको त्रुटिपूर्ण परिणाम भएको जनाएको थियो ।

दिल्लीका अन्य ठाउँका १७ अन्य सहरका स्टेसनहरूले सोही दिन अधिकतम ४९ डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ५३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको