२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना



काठमाडौं । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले आज तातो दिन र तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी ती भू(भागमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म तीन दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ताआदि हुनसक्ने सम्भावित असरहरू देखिन्छ । यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउन महाशाखाले सुझाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : ५४ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका