२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुख्यमन्त्री कार्यालयमा कार्यरत अधिकृतविरुद्ध नक्कली प्रमाण पत्रको आरोपमा मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रहेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : २९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले