२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँकेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी र सडक अवरुद्ध



बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी-९ स्थित ढकेरीमा ​टिपरको ठक्करले राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गएराति साढे ९ बजेतिर कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट आउँदै गरेको भे १० प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।​

दुर्घटनापश्चात् टिपर चालक फरार रहेको गाडीका मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ । स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेको र सडक अवरुद्ध पारेको डाँगीले जानकारी दिए । सडक खुलाउन प्रहरीले पहल गरिरहेको छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : १५ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल