२९ असार २०८२, आइतबार | July 13, 2025

बाँकेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी र सडक अवरुद्ध



बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी-९ स्थित ढकेरीमा ​टिपरको ठक्करले राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गएराति साढे ९ बजेतिर कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट आउँदै गरेको भे १० प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।​

दुर्घटनापश्चात् टिपर चालक फरार रहेको गाडीका मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ । स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेको र सडक अवरुद्ध पारेको डाँगीले जानकारी दिए । सडक खुलाउन प्रहरीले पहल गरिरहेको छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : १५ बजे

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले