२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त



काठमाडौं । फ्लोर क्रस गर्ने गण्डकी प्रदेशसभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका हुन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले राजनीतिक दल सम्बन्धि ऐन अनुसार देवकोटा पदमुक्त भएको जानकारी गराएका छन् ।

यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारबाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टीकरण सोधेको माओवादीले शुक्रबार कारबाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेशसभा सदस्य हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेशसभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए ।

तर जेठ २८ गते माओवादीको ह्विप उलङ्घन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले उर्जा मन्त्री बनाएका थिए । उनको सांसद पद गएपनि देवकोटा ६ महिनासम्म मन्त्री बन्न भने सक्ने छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ५ : ३६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३