२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्वास्थ्य मन्त्री यादवसँग बिरामी र कुरुवाको गुनासो



चितवन । पदभार सम्हालेको एक महिनापछि भरतपुर अस्पताल अनुगमनमा आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई बिरामी र कुरुवाहरुले गुनासो राखेका छन् ।

अस्पतालका आकस्मिक कक्षमा उपचार गराइ रहेका राप्ती नगरपालिका(९ का हिमाल राईले डायलासिसका बिरामीको समस्या मन्त्रीसमक्ष सुनाए । उनले भने, “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वार्डको व्यवस्था गरिदिनु प¥यो ।” उनले डायलासिस गर्ने बिरामीको वार्ड एउटै भएमा उपचारमा सहज हुने भएकोले उक्त व्यवस्था गरिदिन मन्त्री यादवलाई अनुरोध गरे ।

ज्वरोका कारण बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका भरतपुर महानगरपालिका(१४ का कृष्ण पराजुलीले भर्ना हुनका लागि शय्या पाउनै मुस्किल भएको गुनासो गरे । उनले भने, “हिजो बेलुकीदेखि शय्या खोजेको अहिले बल्ल एउटा खाली भयो । यसरी कसरी उपचार गर्न सकिन्छ ?”

बिरामीका कुरा सुनिसकेपछि मन्त्री यादवले भने, “तपाईहरुको कुरा जायज हो, सेवा पाउनुपर्छ । यसका लागि म अस्पताल प्रशासनसँग कुरा गर्छु ।” औषधि किन्नका लागि अस्पतालको फार्मेसी अगाडि बसेका बिरामी र कुरुवाले बीमाबाट आवश्यक औषधि नपाउने गरेको गुनासो गरे । सस्तो औषधि फार्मेसीमा पाए पनि महँगो औषधि बाहिरबाट किन्नुपर्ने उनीहरुको गुनासो थियो । गुनासो सुनिसकेपछि मन्त्री यादवले फार्मेसीका कर्मचारीले खाजा खान तालिका मिलाएर जान र औषधि पर्याप्त मात्रामा राख्न निर्देशन दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ३६ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी