१७ असार २०८३, बुधबार | July 1, 2026

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।

नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । जसपाबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् ।

जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेपनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : २४ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र