१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने



काठमाडौ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज बिहानैबाट काठमाडौंमा मनसुन सक्रिय हुने पूर्वानुमान गरेपनि अहिले सम्म उपत्यकामा पानी पर्न सकेको छैन ।

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ११ : ४३ बजे

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर । यहाँको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक

इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित, सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सुपर-८ चरणको प्रतिस्पर्धा